श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जीवनको महत्वपूर्ण पललाई अर्थपूर्ण बनाउने उद्देश्यले कंचनपुर पुनर्बास नगरपालिका–०३ का विष्णु तामाङले श्रीमतीको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्।
उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘शुलभ जीवन बीमा’ योजनाअन्तर्गत ५ लाख रुपैयाँको बीमाङ्क भएको पोलिसी खरीद गरी उपहारस्वरूप श्रीमतीलाई दिएका हुन्। तामाङले वार्षिक रूपमा २७ हजार ६६० रुपैयाँ प्रिमियम तिर्ने गरी बीमा पोलिसी उपहार दिएका हुन्।

श्रीमतीको भविष्य सुरक्षित गर्दै जन्मदिनमा फजुल खर्चको सट्टा दीर्घकालीन लाभदायक योजना रोजेको उनले बताएका छन्। बीमा खरीद गर्नाले सुरक्षासँगै बचतको समेत सुनिश्चितता हुने भन्दै उनले यस्तो उपहार दिएको प्रतिक्रिया दिएका छन्।
उक्त बीमा पोलिसी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय प्रबन्धक चन्द्र बहादुर बिष्ट, शाखा प्रमुख शंकर जैशी र अभिकर्ता हिनिमाया तामाङको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।













