राइजिङ हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटलसँग सहकार्य
१६ असार २०८२, सोमबार १६:१३

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारीसँगै संस्थागत परामर्शदाताका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
उक्त नियुक्ति सम्बन्धी सम्झौतापत्रमा राइजिङ हाइड्रोपावरका अध्यक्ष शंकरबहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले कम्पनीको पूँजी संरचना पुनर्संरचना, प्रबन्धपत्रको उद्देश्यअनुसार सहजीकरण तथा सेयर निष्कासनसँग सम्बन्धित अन्य संस्थागत परामर्श सेवा प्रदान गर्नेछ ।
२०६२ साल फागुन २२ गते स्थापना भएको राइजिङ हाइड्रोपावर, नेपालको जलविद्युत क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको प्रयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित अग्रणी संस्था हो।













