जन्मदिनको अवसर पारेर हजुरबुबा र हजुरआमाबाट बीमा पोलिसी उपहार

१७ असार २०८२, मंगलवार ११:४८

काठमाडौँ ।  पछिल्लो समय उपहार दिने शैलीमा परिवर्तन आएको छ । विवाह, ब्रतबन्ध, जन्मदिनजस्ता शुभ अवसरहरूमा दिइने परम्परागत उपहारहरूमाथि अब नयाँ र दीर्घकालीन सोचले स्थान लिँदै गएको छ । यस्ता अवसरमा जीवनकै अमूल्य सुरक्षा दिने बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दो छ ।

यसै क्रममा बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौडामा बसोबास गर्ने गोकर्ण राई र मञ्जु राईले आफ्नी नातिनी नायुमालाई जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीगौडा शाखाबाट बीमा गराएर नातिनीको उज्ज्वल भविष्यको कामना गर्दै यो उपहार प्रदान गरिएको हो ।

हजुरबुबा गोकर्ण राईले आफ्नै पेन्सनको रकम प्रयोग गरेर नातिनीका लागि बीमा गराएका हुन् । ‘जन्मदिनमा अन्य उपहारभन्दा बीमा पोलिसी दीर्घकालीन सुरक्षा र भविष्यको सुनिश्चितताको हिसाबले उपयुक्त लागेर हामीले यो उपहार दिने निर्णय गरेका हौं,’ उनले भने ।

उक्त बीमालेख रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हात्तीगौडा शाखाका शाखा प्रबन्धक विष्णु काप्रीले, अन्य पारिवारिक सदस्यहरूको उपस्थितिमा नायुमालाई हस्तान्तरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*