नेपाल बैंकका ग्राहक र कर्मचारीलाई छूट

१७ असार २०८२, मंगलवार १२:३९

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि मा उपचार गराउँदा छूट दिइने भएको छ।

बैंकमा खाता भएका ग्राहक र कार्यरत कर्मचारीलाई काठमाडौंको नयाँ बानेश्वरमा रहेको उक्त प्रा.लि मा उपचार गर्दा लाग्ने शुल्कमा छूट दिने सम्झौता भएको हो।

सम्झौता अनुसार लेट मि इन प्रा.लि को कोरियन प्रविधिबाट प्रदान गरिने प्रविधि एस्थेटिक्स सम्बन्धी सेवाहरूमा लाग्ने शुल्कमा ८ देखि १५ प्रतिशतसम्म छूट दिइनेछ।

यस सम्बन्धी सम्झौतापत्रमा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. का तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*