जीवन बीमा व्यवसायः कुन प्रदेशको व्यवसायिक अवस्था कस्तो ?

१७ असार २०८२, मंगलवार १५:३८

काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीर्मो कम्पनीहरू र लघु बीमा कम्पनीहरुले जेठ महीनासम्म सातै वटा प्रदेशमा गरी जम्मा एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी, लघु र अन्य जीवन बीमा शिर्षकमा सो रकम आर्जन गरेका हुन्।

जीवन बीमा कम्पनीहरूले बाग्मती प्रदेशमा सर्वाधिक व्यवसाय आर्जन गरेका छन् । बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट ६८ अर्ब ७९ लाख ८५ हजार बीमा शुल्क आर्जन गरेका छन् । देशकै राजधानी भएको र पूर्वाधारको हिसाबले पनि विकसित प्रदेश भएकाले कम्पनीहरूले सर्वाधिक व्यापार गर्न सफल भएका हुन् ।

त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट कम्पनीहरूले बढी मात्रामा व्यवसाय भित्र्याएका छन्। यस प्रदेशबाट २४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँको व्यवसाय कम्पनीहरूले गरेका हुन् ।

त्यस्तै कम्पनीहरूले कोशी प्रदेशबाट १८ अर्ब ७८ करोड ७९ लाख रुपैयाँको व्यापार गरेका छन्। यता गण्डकी प्रदेशबाट १५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको व्यापार गरेका कम्पनीहरूले मधेश प्रदेशबाट १३ अर्ब ८३ करोड ७९ लाख रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूले सुदूरपश्चिम प्रदेशबाट नौ अर्ब ४१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

कर्णाली प्रदेशबाट सबैभन्दा कम चार अर्ब ३५ करोड पाँच लाख रुपैयाँको व्यापार गरेका छन्। भौगोलिक स्थितिले विकट तथा विकासको पूर्वाधारको दृष्टिले पनि पछाडी रहेको यस प्रदेशबाट अभिकर्ता र कम्पनीहरूको अथक प्रयासले गर्दा सो व्यापार गर्न सफल भएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*