रिलायबल नेपाल लाइफ कलैया शाखाद्वारा बीमा दावी भुक्तानी

१८ असार २०८२, बुधबार १०:४६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख २० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखा कार्यालयले बुधबार बीमितको घरमै गएर बीमा दावी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको हो ।

स्वर्गीय बीमित राम बाबु साहले १० लाख रुपैयाँ बीमांकको जीवन बीमा गरेका थिए । उनले बीमा गरेपछि प्रथम किस्ता तिरेका थिए । केहि समयपछि उनको निधन भएपछि कम्पनीले सरल र सहज रुपमा आज उनकी श्रीमती रमावती देवीलाई बीमा दावी वापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बारा जिल्लाको कलैया उपमहानगरपालिका ६ मा स्थानीय जनप्रतिनिधी, कम्पनीका कर्मचारी, अभिकर्ता लगायतको सहभागितामा बीमा दावी रकम हस्तान्तरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*