एनआईसी एशिया लघुवित्तको पाँच वर्षको लकइन अवधि भोलि सकिंदै
१८ असार २०८२, बुधबार ११:५३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ४५ हजार कित्ता शेयरको पाँच वर्षको लकइन अवधि भोलि असार १९ गते सकिंदैछ।
कम्पनीको संस्थापक शेयरधनीहरूको १ करोड ४५ हजार कित्ता शेयर विगत पाँच वर्षदेखि लकइनमा रहेकाले कारोबारमा आएको छैन।
कम्पनीले प्रारम्भिक शेयर (आईपीओ) निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले संस्थापक शेयर पाँच वर्षसम्म लकइनमा राख्नुपर्ने निर्देशन बमोजिम उक्त शेयर लकइनमा छ।
कम्पनीले वि.स २०७७ असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। यसअनुसार भोलि असार १९ गते बिहीबार लकइन अवधि पूरा हुनेछ।
लकइन अवधि सकिएसँगै उक्त शेयर कारोबार गर्न पाइने व्यवस्था भएकाले आइतबारदेखि सो शेयर कारोबारमा आउनेछ। लकइन अवधि समाप्तिको असर कम्पनीको शेयरमूल्यमा पर्ने गर्छ।













