जीवन बीमा कम्पनीको लघु बीमा व्यवसाय १२.३५% ले घट्यो, नेपाल–सूर्यज्योति र एशियन लाइफको उच्च ग्रोथ

१९ असार २०८२, बिहीबार १३:३१

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा दुई अर्ब पाँच करोड ८४ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु बीमा व्यवसाय गरीरहेका १२ जीवन बीमा कम्पनीहरुले उक्त लघु बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ३४ करोड ८५ लाख रुपैयाँ बराबरको लघुबीमा व्यवसाय गर्न सफल भएका थिए । गत आर्थिक वर्षको जेठ महिनाको व्यवसायको तुलनामा कम्पनीहरुको यस्तो व्यवसाय १२.३५ प्रतिशतले घट्न पुगेको छ । पारेको देखिदैन् ।

समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी परिणाममा लघुबीमा व्यवसाय गरेका छन् । गत आवको तुलनामा हेर्ने हो भने, नेपाल लाइफ र सूर्यज्योति लाइफले आक्रामक रुपले लघु बीमा व्यवसाय बृद्धि गरेका छन् । यस अवधिमा पाँच वटाको व्यवसाय बृद्धि भएको छ भने सात कम्पनीको व्यवसाय सामान्य अंकले घट्न पुगेको छ ।

समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले लघु बीमा व्यवसायलाई दायरा बढाउँदै लगेको छ । कम्पनीले जेठ मसान्तसम्मको अवधिमा ७९ करोड ८४ करोड ५२ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण, व्यवसाय बृद्धिदरको आधारमा

सिटिजन लाइफ इन्स्योरेन्सले ४१ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३० करोड ४९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २४ करोड १० लाख रुपैयाँ, मेट लाइफ नेपालले १० करोड ९२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले आठ करोड २२ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सात करोड ४३ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले दुई करोड १२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ४९ लाख रुपैयाँ, एलआइसी नेपालले तीन लाख रुपैयाँ र हिमालयन लाइफले १२ हजार रुपैयाँको लघुबीमा व्यवसाय गरेका छन् ।

लघु जीवन बीमा कम्पनी

लघु बीमा कम्पनीहरुको लघु बीमा व्यवसाय ३९५ प्रतिशतले बृद्धि भएको छ । सञ्चालित तीन लघु जीवन बीमा कम्पनीहरुले ६५ करोड ७६ लाख रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले गत आवको सोही अवधिमा १३ करोड २७ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

समीक्षा अवधिमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लघु बीमा व्यवसाय गरेको छ । कम्पनीले यस अवधिमा २६ करोड ६८ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेको छ ।

दोस्रो नम्बरमा रहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले २५ करोड २६ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १३ करोड ८२ लाख रुपैयाँको लघु बीमा व्यवसाय गर्न सफल भएका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*