अब सांग्रिला बैंकबाट पनि सजिलै पाइने एससिटी–युपिआई कार्ड

१९ असार २०८२, बिहीबार १८:३३

काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससिटी–युपिआई कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ।

गत असार १२ गते सांग्रिला डेभलपमेन्ट बैंकको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरे।

यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससिटी–युपिआई कार्ड लिन सक्नेछन्।

एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ।

एससिटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विच मार्फत एससिटी–युपिआई कार्ड र भिसा कार्ड जारी गर्ने तथा युनियन पे, भिसा रू पे, मास्टर कार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ।

विगत दुई दशक देखि नेपाल भरी सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालकै पहिलो डमेस्टिक कार्ड स्किम रहेको कम्पनीको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*