प्रभु महालक्ष्मी लाइफको साढे १ लाख कित्ता शेयर बिक्रीमा
२० असार २०८२, शुक्रबार ०६:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
संस्थापक शेयर बिक्री गर्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले हाल यस शेयरमा संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
यसका लागि अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट पूर्ण आवेदन नपरेको खण्डमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।














