सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वार्ड नं १ निवासी कृष्ण तिरुवाको बीमा गरेको एक बर्ष पछी कालगतिले मृत्यु भएको थियो । त्यसपछि उनकी श्रीमती मनसरा तिरुवालाई कम्पनीले एक कार्यक्रमको आयोजना गरी तीन लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
स्वर्गिय मृतक तिरुवाले सन लाइफबाट तीन लाख बीमाङ्क रकमको जीवन बीमा गराएका थिए । कम्पनीको लम्की शाखा प्रबन्धक डम्बर न्यौपानेको सभा अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँकार्यपालिका सदस्य सरस्वती तिरुवा रहेका थिए । त्यसैगरी कम्पनीका मार्केटिङ म्यानेजर चन्द्रमणि सापकोटा ,चक्र बहादुर बोहरा विपिन देवकोटा ,संगीता बिक लगायतको उल्लेखीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिरुवा अहिलेको समयमा जीवन बीमा अनिवार्य रहेको बताउनुका साथै, सबैले आफ्नो आर्थिक क्षमताका आधारमा बीमा गर्यौं भने आश्रित परिवारलाई ठूलो राहत हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमको समापन गर्दै शाखा प्रबन्धक डम्बर न्यौपानेले मृत आत्माप्रति गहिरो दुःख प्रकट गर्दै सुखको घडीमा सबैले साथ दिए पनि दुःखको साथि जीवन बीमा नै भएकाले सबैले आ–आफ्नो सक्दो अनुसारको जीवन बीमा गर्नु अहिलेको आवश्यकता रहेको औल्याए ।
कार्यक्रमको सञ्चालन लम्की शाखा मार्केटिङ बिभाग प्रमुख डम्मर बहादुर बुढाले गरेका थिए ।













