प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

२० असार २०८२, शुक्रबार ११:२७

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन् । यो सँगै बैंकको सञ्चालक समितिले पूर्णता पाएको छ ।

बैंकले स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको छ । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो ।

बैंक सञ्चालक समितिको अध्यक्ष बनेको कार्की पब्लिक शेयर होल्डरका तर्फबाट सञ्चालक समितिमा थिए । बैंकको बिहीबार बसेको सञ्चालक समितिको निणयले अध्यक्ष र स्वतन्त्र सञ्चालक चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*