गार्डियन माइक्रो लाइफ तेस्रो वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । २०८० साल आजकै दिन अर्थात असार २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आजबाट दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले लघु जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा लघु जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी दुई वर्षको अवधिमा हजारौं मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् । बार्षिकोत्सवकै अवसरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नियामक निकाय, सञ्चालक, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।
चालु आर्थिक वर्षको जेठसम्म कम्पनीले ४५ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने जेठसम्म प्राप्त बीमा दाबीको सतप्रतिशत भुक्तानी गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार जेठसम्म ८६४ वटा दाबीको ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । कम्पनीले ११ महिनामा ९० करोड ४ लाख रुपैयाँ लगानी गरेको छ ।
हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी रहेका छन् । उनले कुशलतापूर्वक कम्पनीलाई प्रगतिपथमा अघि बढाउन सफल भएका छन् । उदिप श्रेठ अध्यक्ष गार्डियन माइक्रो लाइफमा त्रिशिला झुनझुनवाला, उदय नारायण भट्टराई, डा. जय प्रकाश जैशवाल, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल, शस्टीका श्रेष्ठ र राम प्रसाद पौडेल सञ्चालक रहेका छन् ।
त्यस्तै, कम्पनीको डेपुटी सिईओमा ज्योति प्रकाश पाण्डे, एसिस्टेन्ट जनरल म्यानेजरमा कैलाश देवकोटा, चिफ म्यानेजरमा सुनिता कोइराला र सिनियर म्यानेजरमा दिलिप शर्मा लगायतको अनुभवी व्यवस्थापकीय टिमले कम्पनीले अगाडी बढाईरहेका छन् ।













