जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी गिफ्ट

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो।
यसैक्रममा आलिताल गाउँपालिका वडा नम्बर ६ बस्ने एक दम्पतिले छोरी ऋतु बिकको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । बुवा रामबहादुर बिक र आमा कमली कुमारी कामीले आफ्नो छोरीको भविष्यको लागि र सुरक्षासँगै बचतको भन्दै बीमा गरेका उनीहरुले बताए ।
उनीहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरियाबाट लोकप्रिय बीमा पोलिसी सर्व शुलभ जीवन बीमा उपहार दिएका छन् । दम्पतिले आफ्नो छोरीको बीमा आमाबुवाको जिम्मेवारी बीमालाई हस्तान्तरण गरेको र आफू हुँदा वा नहुँदा दुवै कुरामा बच्चा सुरक्षित हुने तथा परिवारमा आर्थिक सुरक्षाको लागि बचतसँगै जोखिम हेरी पारिवारिक भविष्यका लागि भन्दै बीमा पोलिसि उपहार दिएका छन् ।
शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी गरेकोमा दम्पतिलाई बधाइ तथा बाबुको जन्मदिनको शुभकामना तथा उज्जवल भविष्यको कामना दिँदै पोलिसी हस्तान्तरण गरेका छन् । उक्त पोलिसी अत्तरिया शाखाका कुशल एजेन्सी म्यानेजर स्थानीय शिक्षक धर्म सिंह ऐरको सहकार्यमा शाखा कार्यालयबाट जारी गरी हस्तान्तरण गरिएको छ।













