सिमेन्ट बजारमा अर्घाखाँचीको दबदबा: ९ महिनामा ४ अर्बको व्यापार, बजार विस्तारमा उल्लेख्य प्रगति

२४ असार २०८२, मंगलवार १२:०३

काठमाडौँ । रुपन्देहीको मैनहियास्थित कारखानाबाट सञ्चालन हुँदै आएको अर्घाखाँची सिमेन्ट लिमिटेडले ९ महिनामा करिब ४ अर्ब रुपैयाँको व्यापार परेकोे छ । इक्रा नेपालको प्रतिवेदन अनु्सार कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को चैत मसान्तसम्मको अवधिमा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको वार्षिक सञ्चालन आम्दानी २०७७/७८ मा ८ अर्ब ७० करोड थियो । त्यसपछि २०७८/७९ मा घटे ७ अर्ब ५८ करोड र २०७९/० मा ५ अर्ब ७७ करोडमा सीमित भएको देखिएको थियो । यद्यपि, २०८०/८१ मा पुनः वृद्धि हुँदै ६ अर्ब ६ करोड पुगेको छ

कम्पनीले हाल ‘अर्घाखाँची सिमेन्ट’ ब्रान्ड अन्तर्गत साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोजोलाना पोर्टल्याण्ड सिमेन्ट (पीपीसी) उत्पादन र बजारमा वितरण गर्दै आएको छ । क्लिङ्कर उत्पादन क्षमता वार्षिक १० लाख मेट्रिक टन र सिमेन्ट पिस्ने एकाईको क्षमता ८ लाख मेट्रिक टन रहेको छ ।

कम्पनीको स्थापना १९९८ जुलाईमा ‘डाइनेस्टी इन्डस्ट्रीज नेपाल प्रा.लि.’ को रूपमा भएको हो भने २०११ जुनमा नाम परिवर्तन गर्दै ‘अर्घाखाँची सिमेन्ट प्रा.लि.’ बनाइएको थियो । त्यसपछि २०२१ जुलाई २ तारिखमा कम्पनी सार्वजनिक लिमिटेडमा रूपान्तरण भएर ‘अर्घाखाँची सिमेन्ट लिमिटेड’ नाम पाएको हो ।

यता, कम्पनीले २०७७/७८ मा सञ्चालन नाफा अनुपात २३ प्रतिशत रहेको थियो । तर त्यसपछिका वर्षमा क्रमशः २०७८/७९ मा ९प्रतिशत र २०७९/८० मा ७ प्रतिशत मा झरेको थियो । २०८०/८१ मा कम्पनीले यो सूचक १४ प्रतिशतमा पु¥याउँदै पुनः सुधार गरेको छ भने २०८१/८२ को ९ महिनामा झनै सुधार गरी २२ प्रतिशत मा पु-याएको छ ।

कम्पनीको वित्तीय संरचनामा पनि सुधार देखिएको छ । कुल कर्जा र शुद्ध मूर्त सम्पत्तिको अनुपात २०७८७९ मा १.२२ गुणा थियो । तर त्यसपछिका वर्षहरूमा क्रमशः २०७९/८० मा १.०१, २०८०/८१ मा ०.९२ र २०८१८२ को ९ महिनामा घटेर ०.७५ गुणा पुगेको छ ।

२०७८/७९ मा बाह्य दायित्व÷शुद्ध सम्पत्ति अनुपात १.६९ गुणा थियो भने पछिल्ला तीन वर्षमा क्रमशः १.४४, १.२५ र हाल ९ महिनामा १.०४ गुणा पुगेको छ । कर्जा फिर्ता गर्ने क्षमताको सूचक मानिने कुल कर्जा/अपरेटिङ नाफा अनुपात २०७९/८० मा १०.२१ गुणासम्म पुगेको थियो, जुन तुलनात्मक रूपमा उच्च हो। तर २०८०/८१ मा घटेर ४.५२ र चालु वर्षको ९ महिनामा २.८५ गुणा पुग्नु कम्पनीको नगद प्रवाह तथा कर्जा व्यवस्थापनमा देखिएको मजबुती हो ।

२०७९/८० मा ब्याज भुक्तानी क्षमताको सूचक केवल ०.७१ गुणा थियो, जुन कमजोर अवस्था थियो । तर २०८०÷८१ मा १.९५ र चालु आर्थिक वर्षको ९ महिनामा ३.९९ गुणा पुग्नु कम्पनीको वित्तीय स्थायीत्व, सञ्चालन आम्दानीमा सुधार तथा ऋण व्यवस्थापनमा सफलताका सकारात्मक सूचक हुन् ।

कम्पनीको शेयर स्वामित्व सिद्धार्थ समूह (३५ प्रतिशत), मुरारका समूह (३० प्रतिशत), केडिया समूह (१७.५ प्रतिशत) र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेसनल (१७.५ प्रतिशत) को संयुक्त लगानीमा रहेको छ ।

घरेलु बजारमा माग अलि मन्द भएको अवस्थामा पनि २०८०/८१ मा निर्यातबाट कम्पनीले कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा हासिल गरेको देखिएको छ । यद्यपि, निर्यातको दीर्घकालीन स्थायीत्व भने हालका केही नियामकीय जटिलताबाट प्रभावित देखिएको छ । विशेषगरी भारतीय बजारमा निर्यात गर्न आवश्यक पर्ने ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ प्रमाणीकरणलाई समयमै नवीकरण गर्न नसक्दा २०८१/८२ को पहिलो ९ महिनामा कम्पनीको निर्यात परिमाण घटेको हो ।

इक्रा नेपालले अर्घाखाँची सिमेन्ट लिमिटेडलाई प्रदान गरिएको दीर्घकालीन र अल्पकालीन ऋणको श्रेणीकरण (रेटिङ) पुनः यथावत् राखेको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण सीमा २५ अर्ब ८० करोड (२,५०८ मिलियन) मा “[आईसीआरए एनपी] एल डब्ल्यू डब्ल्यू बी प्लस” ([ICRANP] LBB+) श्रेणीलाई पुनः पुष्टि गरेको हो।

त्यस्तै, कम्पनीको अल्पकालीन ऋण सीमा रू. १८ अर्ब ४९ करोड (१,८४९ मिलियन) मा “[आईसीआरए एनपी] ए फोर प्लस” ([ICRANP] A4+) श्रेणी पनि पुनः यथावत् राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*