बीमा सम्बन्धि उजुरी अब अनलाइनबाटै दिन सकिने

२४ असार २०८२, मंगलवार १७:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा न्यायिक कार्य सम्पादनलाई सरल र सहज बनाउने घोषणा गरेको छ ।

मंगलबार सार्वजनिक भएको वार्षिक कार्यक्रममा अब गुनासो तथा उजुरी प्रक्रिया डिजिटल प्रणालीमा आवद्ध गरिने विषय समावेश गरिएको छ ।

त्यस्तै, प्राधिकरणले बीमा सम्बन्धि उजुरी तथा फैसलाहरु अध्ययन गरी आवश्यकतानुसार बीमालेख तथा प्राधिकरणका नीति निर्देशन परिष्कृत गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि कानूनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने भएको छ ।

बीमा सम्बन्धि विद्यमान कानूनी संरचनाको प्रभावकारीता अध्ययन गरी आवश्यक विनिमय, निर्देशिका आदि जारी गर्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*