प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

२५ असार २०८२, बुधबार ०७:३८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको गत जेठ २६ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

कम्पनीको उक्त साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सभाले बोनस शेयरका साथै ०.४२१ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले जेठ १६ गते एक दिन बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।

कम्पनीको उक्त बोसन शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचीकृत भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै जेठ १५ गतेसम्म कम्पनीको शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा भने ऋण दिने बैंक तथा वित्तीय संस्थाको नाममा बोनस शेयर रोक्का राखिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*