बीमा कम्पनीको शेयरमूल्यमा उछाल, अब कसको कति रुपैयाँमा पाइन्छ ?

काठमाण्डौ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा आज २० कम्पनीको शेयरमूल्य बढेको छ ।
निर्जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सले सर्वाधिक कमाएको छ । कम्पनीको शेयरमूल्य १.४२ प्रतिशतले बढेर ६३४.८४ रुपैयाँ पुगेको छ । त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३० प्रतिशत, आरबीसीएलको ०.८७ प्रतिशत, शिखरको १.२० प्रतिशत, युनाइटेड अजोडको ०.२८ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, एशियन लाइफको ०.०५ प्रतिशत, सिटिजन लाइफको ०.६६ प्रतिशत, हिमालयन लाइफको ०.११ प्रतिशत, आइएमई लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको १.०१ प्रतिशत, जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफको ०.०२ प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशत, सूर्यज्योति लाइफको ०.२८ प्रतिशत, सन नेपाल लाइफको ०.३५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, हिमालयन रि को ०.३२ प्रतिशत र नेपाल रि को ०.३७ प्रतिशतले शेयरमूल्य बढेको छ ।













