लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै

२९ असार २०८२, आईतवार १८:०३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्।

एलआईसी नेपाल
यस कम्पनीको २३औं साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि शुरू हुँदैछ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेकोले असार १५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

एशियन लाइफ
यस कम्पनीको १७औं वार्षिक साधारणसभा आज बारास्थित होटल सिमरामा दिउँसो १ बजेदेखि शुरू हुँदैछ।

सभाले चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

कम्पनीले असार २० गते बुक क्लोज गरिसकेकोले असार १९ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यूनाइटेड अजोड
कम्पनीको ३१औं वार्षिक साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेट क्याटरिङ एण्ड इभेन्ट प्रा.लि मा बिहान साढे १० बजेदेखि शुरू हुनेछ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

कम्पनीले असार १९ गते बुक क्लोज गरिसकेकोले असार १८ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*