सन नेपाल लाइफको अवितरित हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन
३० असार २०८२, सोमबार १०:२७

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । उक्त शेयर जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् ।













