एलआइसी नेपालको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न भएको हो
सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बोनस शेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरेको छ ।
साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष सिद्धान्त मोहन्तीले वार्षिक साधारण सभामा सक्रिय रूपमा सहभागी भई सभा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले शेयरधनीहरूको निरन्तर विश्वास र समर्थनले कम्पनीलाई अगाडि बढ्ने ऊर्जा दिएको भन्दै आभार प्रकट गरे ।
त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले शेयरधनीहरूको जिज्ञासामा जवाफ दिँदै प्रतिवेदनमा उठाइएका प्रश्नहरूको प्रष्ट पारेका छन् । उनले कम्पनीका प्रमुख वित्तीय सूचकहरू बलिया रहेको उल्लेख गर्दै वर्तमान आर्थिक अवस्था सन्तोषजनक रहेको बताए ।
उनले भविष्यमा अझ प्रभावकारी रणनीतिहरू अपनाएर कम्पनीको वित्तीय प्रदर्शनलाई थप मजबुत बनाइने प्रतिवद्धता जनाए ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गरेको थियो । यसर्थ, असार १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिएका थिए ।













