छोरोको पास्नी र छोरीको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

३१ असार २०८२, मंगलवार ११:५४

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ।

यसैक्रममा चितवनको इच्छाकामना–५ का बाबु ज्ञान बहादुर थापा मगर र आमा लिला कुमारी मगरले आफ्नो छोरो लरेन्ज थापा मगरको पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्।

त्यसैगरी सप्तरीको वोदेवरसाइन–८ का जितन दासले छोरी स्नेहा कुमारी दासलाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन्।

उनीहरूले रिलायबल नेपाल लाइफसँग सहकार्य गरेर ‘सर्व सुलभ बाल जीवन बीमा योजना’ उपहार स्वरूप दिएका हुन्। कम्पनीको आबुखैरेनी र लाहान शाखाबाट उक्त बीमा योजना जारी गरिएको कम्पनीले जनाएको छ।

उक्त बीमा पोलिसी तनहुँका मार्केटिङ अफिसर भुपेन्द्र पोख्रेलले बाबु ज्ञान बहादुर थापा मगरलाई र लाहान शाखाका अभिकर्ता शोभाकान्त साहले बीमित बच्चालाई हस्तान्तरण गरेका थिए।

आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि अरु क्षणिक र महंगा उपहारभन्दा भविष्यको जोखिम पनि बहन हुने र बचत समेत हुने भएकाले बीमा पोलिसी उपहार दिएको बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*