बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी १० ले सर्वाधिक कमाए

काठमाडौं । साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक आज ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ ।
बिहीबार बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत र निर्जीवन बीमा समूह २.४० प्रतिशतलते बढेको छ । नेप्सेका अनुसार सरकारी स्वामित्वको नेपाल पुनर्बीमाको शेयरमूल्य ८.५३ प्रतिशतले बढेर १३६७.५७ रुपैयाँ पुगेको छ ।
जीवन बीमा कम्पनीहरु तर्फ नेपाल लाइफको ४.५२ प्रतिशत, सिटिजन लाइफको ३.९४ प्रतिशत, नेशनल लाइफको ३.१५ प्रतिशत, एशियन लाइफको ३.०२ प्रतिशत, हिमालयन लाइफको ३.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.२३ प्रतिशत, सूर्यज्योति लाइफको ३.४३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ३.४४ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको २.५८ प्रतिशत, आइएमई लाइफको २.१७ प्रतिशत, एलआइसी नेपालको २.८४ प्रतिशत, , प्रभु महालक्ष्मी लाइफको २.५७ प्रतिशत, सन नेपाल लाइफको २.१२ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.७० प्रतिशतले शेयरमूल्य बढेको छ ।
निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोडको ४.२९ प्रतिशत, प्रभुको ३.४७ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.४३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.११ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.५० प्रतिशत र शिखर इन्स्योरेन्सको को २.२० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.६२, नेको इन्योरेन्सको २.३९ प्रतिशत, एनएलजीको १.४७ प्रतिशत, आरबीसीएलको २.०१ प्रतिशत, सलिकोको १.७८ प्रतिशत, सानिमा जिआइसीको ०.९३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
हिमालयन रि इन्स्योरेन्सको ५.५४ प्रतिशतले शेयरमूल्य बढेको छ ।













