गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी

काठमाडौँ । हुन्डाईका गाडी गुणस्तरहीन रहेको पुष्टी पुनः एकपटक बाहिरि सतहमा आएको छ । निरन्तर आगलागीको चपेटामा परी रहेको हुन्डाईका गाडी नेपाली अटो बजारमा गुणस्तरहीन रहेको खुलासा भइरहेको हो ।
शनिबार बिहान गल्छि–सितापाइला सडक हुँदै काठमाडौं आइरहेको हुन्डाईको ‘क्रेटा’ पेट्रोल गाडी एकाएक आगलागीमा प¥यो । बिहान करिब १० बजेको समयमा काठमाडौंको भीमढुंगा स्थित खड्का मोडमा बा.प्र. ०१–०३१ च ०९६६ नम्बरको हुन्डाई क्रेटा गाडीमा अचानक आगो लागेको हो । गाडी लाजिम्पाट निवासी ५७ वर्षीय सुरेश श्रेष्ठले चलाइरहेका थिए भने गाडीमा उनीसहित एक जना अन्य सवार थिए । दुवै जना सकुशल रहेका छन्, तर गाडी पूर्ण रूपमा जलेर नष्ट भयो ।
यसअघि पनि हुन्डाईका गाडीमा बारम्बार आगलागी भएका घटनाहरू सार्वजनिक भइरहेका छन् । २०८१ साल वैशाख ३ गते बिर्तामोडको बीच सडकमा हुन्डाईको ‘भेन्यू’ मोडलको गाडी एकाएक आगो लागेर जलेर नष्ट भएको थियो ।
हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्
त्यसैगरी गत भदौ १२ गते पोखरास्थित गण्डकी मेडिकल कलेज नजिकै पार्किङ गरिएको हुन्डाई ग्रान्ड आई१० गाडी पनि आफैँ बलिरहेको अवस्थामा भेटियो । ती सबै घटनाहरूले नेपाली बजारमा हुन्डाई गाडीप्रति पुनः एकपटक गम्भीर प्रश्न उठाएका छन् । के यी गाडी साँच्चै सुरक्षित छन् त?
हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
नेपाली बजारमा लामो समयदेखि आफ्नै दबदबा कायम राख्दै आएको हुन्डाई गाडीको ब्रान्ड अहिले गम्भीर आलोचनाको घेरामा परेको छ । एक समय थियो जब उपभोक्ताहरू हुन्डाईलाई गुणस्तरीय, भरपर्दो र सुरक्षित गाडीको रूपमा लिँथे । तर पछिल्ला घटनाक्रमले यो विश्वास चकनाचुर हुँदै गएको दखिएको छ । आगलागीका श्रृंखलाबद्ध घटनाले यो ब्रान्डप्रति आमनागरिकको मनमा डर र अविश्वासको भावना विकास गराएको छ । गाडी जस्तो संवेदनशील र सुरक्षासँग जोडिएको वस्तुमा यस्ता समस्या आउनु उपभोक्तामाथिको ठूलो धोका हो भन्ने धारणा बढ्दो छ ।
हुन्डाई गाडी लिएको केही महिनामै पाटपुर्जा, इलेक्ट्रोनिक कन्ट्रोल युनिट, ब्रेक सिस्टम, ब्याट्री व्यवस्थापन प्रणाली, पावर डिस्ट्रीब्युसन सिस्टम लगायतका क्षेत्रहरूमा समस्या देखिन थालेका छन् । विशेषगरी वायरिङ प्रणाली र नियन्त्रण प्रणालीको कमजोरीका कारण आगलागी हुने खतरा झन् बढेको छ भन्ने गुनासो ग्राहकहरूबाट बारम्बार सार्वजनिक भइरहेका छन् । यस्ता गुनासोहरूलाई गम्भीरतापूर्वक लिनुको सट्टा कम्पनीले बेवास्ता गर्दै आएको देखिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलमार्फत हुन्डाई गाडी बिक्री गरिन्छ । तर समस्या देखिएपछि ग्राहकहरूले सेवाको पर्खाइ, ग्यारेन्टीको झन्झटिलो प्रक्रिया, आवश्यक पाट्र्स नपाइने अवस्था तथा आफ्नै खर्चमा मर्मत गराउनु परेको दुःखद अनुभव सुनाएका छन् । यो अवस्थाले ग्राहकहरूलाई थप निराश बनाएको छ । कम्पनीको सेवा शाखाले समस्या समाधान गर्नुको सट्टा ग्राहकको गुनासो लुकाउने प्रवृत्ति देखाएको आरोपसमेत छ ।
सुरक्षा र प्रविधिको नाममा बजारमा आएका अन्य ब्रान्डले नयाँ–नयाँ प्रयोग र इनोभेसन गरिरहेका छन् । ग्राहकको सुझावलाई समेटेर आफ्नो उत्पादन सुधारिरहेका छन् । तर हुन्डाई भने अझै पुरानै मोडेल एकै प्रकृतिका डिजाइन र प्रविधिमा सीमित देखिन्छ । नयाँ कम्पनीहरूको आगमनसँगै ग्राहकको छनोटको दायरा फराकिलो बन्दै जाँदा हुन्डाईको कमजोर सेवा र घट्दो गुणस्तरको असर बिक्रीमा पनि देखिन थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि हुन्डाईको साख दिनप्रतिदिन खस्कँदो छ । भारत लगायतका मुलुकहरूमा हुन्डाईका गाडीहरूमा नियमित रूपमा आगलागीका घटना सार्वजनिक भइरहेका छन् । गाडी स्टार्ट गर्दा वा यात्रा गर्दै गर्दा अचानक आगो लाग्ने घटना त दिनहुँजस्तो सुनिन थालेको छ । यस्तो भयावह स्थितिमा पनि कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकता नदिएको देखिन्छ ।
अहिले पनि केही ग्राहकहरू ब्रान्डको नाम हेरेर हुन्डाई रोजिरहेका छन् तर उनीहरू पनि छोटो समयमै निराश हुँदै गएका छन् । गाडीको झिलिमिली डिजाइन, ठूलो बजार प्रचार वा नाम मात्रले दीर्घकालीन सन्तुष्टि दिन सक्दैन । भरपर्दो सुरक्षा, गम्भीरतापूर्वक लिइएको जिम्मेवारी र ग्राहकको विश्वास कायम राख्न सक्ने क्षमता नै कुनै ब्रान्डको असली परिचय हो । यो सत्यतिर हुन्डाई कहिले फर्कन्छ भन्ने प्रश्न अहिले हजारौँ नेपाली ग्राहकहरूको मनमा उठिरहेको छ ।
गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम
प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता
हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं













