दशैंपछिको पहिलो कारोबारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । दशैं बिदापछिको पहिलो कारोबारमा आज ४ अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। नेप्से सूचक भने ४.३४ अंकले घटेर २६२९.८२ को विन्दुमा कायम भएको छ।
यसदिन घलेम्दी हाइड्रो, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी नेपाल, ग्रीन भेन्चर्स, हिमालयन डिष्टिलरी, अपी पावर कम्पनी, सानिमा बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल र कुमारी बैंकको शेयर सर्वाधिक किनबेच भएको छ।











