कारको ढोकाभित्र लुकाइएको १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ

९ कार्तिक २०८३, सोमबार १५:५७

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चाँदीजस्तो देखिने १४ किलो १८० ग्राम धातुसहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा.२ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो। कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर धातु लुकाइछिपाइ ल्याइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले आइतबार दिउँसो कार जाँच गर्दा भारतको रक्सोल निवासी ५० वर्षीय रमेश कुमार साह सोनारसहित चार जनालाई पक्राउ गरेको हो। बरामद धातु चाँदीजस्तो देखिए पनि त्यसको वास्तविक प्रकृति तथा अन्य विवरण खुल्न बाँकी छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*