सन नेपाल लाइफ व्यवसाय बृद्धिमा आक्रामक बन्दै, वर्षदिनमा पाँच अर्बको कुल बीमा शुल्क आर्जन

४ श्रावण २०८२, आईतवार १०:३५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय आक्रामक रुपमा बृद्धि भईरहेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा कुल पाँच अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको हो ।

कम्पनीले लिएको व्यवसायिक रणनीति र अभिकर्ता प्रोत्साहनका कारण ऐतिहासिक रुपमा व्यवसायिक सफलता हासिल गरेको छ । कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनका साथै अभिकर्ताको मिहिनेतले उक्त सफलता हासिल गरेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा स्टेक होल्डरहरुसँग मिलेर भव्य रुपमा मनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सम्पूर्ण सञ्चालक, स्टेक होल्डर र विशेषगरी अभिकर्ता र कर्मचारीको उत्कृष्ट कार्य सम्पादनले गौरवमय व्यवसायीक सफलता हासिल गरेको बताए ।

कम्पनीमा उत्कृष्ट व्यवसाय गर्दै आएका अभिकर्ताहरुले कम्पनीका उत्कृष्ट व्यवस्थापन र अभिकर्ताबीचको व्यापक छलफल, सहकार्य तथा आपसी समझादारीले ल्याएका विभिन्न व्यवसायीक नयाँ माइलस्टोन पार गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*