राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना
८ श्रावण २०८२, बिहीबार १५:५३

काठमाडौँ । केन्द्रीय बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात रकम कायम नगरेको भन्दै आर्थिक जरिवाना गरेको छ । फाइनान्सले २०८१ सालको माघ २७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम अनिवार्य मौज्दात रकम कायम गर्न नसकेपछि राष्ट्र बैंकले ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना गरेको हो ।
नगद मौज्दात अनुपात एक नियामकीय व्यवस्था हो, जसअन्तर्गत वित्तीय संस्थाहरूले ग्राहक निक्षेपको निश्चित प्रतिशत रकम केन्द्रीय बैंकमा नगदका रूपमा राख्नुपर्ने हुन्छ । पोखरा फाइनान्सले सो व्यवस्था उल्लंघन गरेकाले राष्ट्र बैंकले उक्त कारबाही गरेको हो ।
दुई वाणिज्य बैंक र दुई फाइनान्स राष्ट्र बैंकको कारवाहीमा किन पर्यो ?












