बजारमा जम्दै रिद्धिसिद्धि सिमेन्टः ९ महिनामा ४ अर्बको व्यापार, आइपीओमार्फत थप विस्तारको तयारी

११ श्रावण २०८२, आईतवार ११:२०

काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको रिद्धिसिद्धि सिमेन्टले झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले सन् २०२५ (आर्थिक वर्ष २०८१।८२) को ९ महिनामा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख र सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । सिमेन्टको नाफा निरन्तर सुधार तिर लम्कि रहेको छ । नेपाली बजारमा कम्पनीले हेटौंडामा रहेको राटोमाटे प्लान्टमा साधारण पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल यसको उत्पादन क्षमता ८४ प्रतिशत मात्र उपयोग भइरहेको छ । बजारमा रिद्धिसिद्धि नामक सिमेन्ट एक ब्रान्ड रुपमा स्थापित हुँदा व्यापारमा सुधार देखि रहेको हो ।

रिद्धिसिद्धिले सन् २०२५ को पहिलो नौ महिनामा मात्रै ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो पूर्ण सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने त्यसअघि सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । बिक्री आम्दानीको क्रमिक वृद्धिले कम्पनीको बजार उपस्थिति बलियो बन्दै गएको देखिएको छ ।

रातोमाटे हेटौंडामा रहेको अत्याधुनिक प्रविधियुक्त प्लान्टमार्फत उत्पादन गर्दै आएको कम्पनीले ८४ प्रतिशत क्लिन्कर सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । रिद्धिसिद्धिले हाल ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट उत्पादन गर्दै आएको छ । यी दुवै सिमेन्ट ब्रान्ड ‘रिद्धिसिद्धि’ र ‘मकवानपुर सिमेन्ट’का नाममा नेपाली बजारमा परिचित ब्रान्डको रुपमा स्थापित भइसकेको छ ।

इबीआईटीडीए मार्जिन पनि क्रमशः सुधार भइरहेको देखिएको छ । सन् २०२२ मा १८.०३ प्रतिशत रहेको इबीआईटीडीए मार्जिन सन् २०२३ मा १८.७२ प्रतिशत, सन् २०२४ मा २४.९६ प्रतिशतमा पुगेको थियो भने सन् २०२५ को ९ महिनामा २२.३६ प्रतिशत कायम भएको छ ।

त्यस्तै, ब्याज कभरेज अनुपात सन् २०२२ मा १.३८ थियो जुन सन् २०२३ मा ०.८९ मा झरे पनि सन् २०२४ मा १.३१ मा पुनः सुधार भएको छ र सन् २०२५ को पहिलो ९ महिनामा १.३० मा स्थिर देखिएको छ । ब्याज तिर्ने सक्ने क्षमतामा समेत कम्पनी बलियो देखिएको हो ।

हालको अनुपात सन् २०२२ मा ०.८० मात्र रहेकोमा सन् २०२३ मा १.१३, सन् २०२४ मा १.०६ र सन् २०२५ को ९ महिनासम्ममा १.२४ पुगेको छ । १ भन्दा माथिको अनुपात सुरक्षित मानिन्छ ।

कुल ऋण बनाम नगद प्रवाह अनुपात सन् २०२२ मा ३१.०९ वर्ष, सन् २०२३ मा २९.५१ वर्ष, सन् २०२४ मा २४.६२ वर्ष रहेको छ भने २०२५ को ९ महिनासम्म ३७.३० वर्ष पुगेको छ । यो अनुपात भने कम्पनीका लागि चुनौतीपूर्ण रहन सक्ने देखिएको छ ।

कुल ऋण सेवा कभरेज अनुपात सन् २०२२ मा ०.८४ रहेकोमा सन् २०२३ मा १.११, सन् २०२४ मा १.३१ मा पुगेको छ । त्यस्तै, समग्र गियरिङ अनुपात सन् २०२२ मा ३.४३, सन् २०२३ मा ३.५९, सन् २०२४ मा ३.८० रहेकोमा २०२५ को ९ महिनामा २.९९ मा झरेको देखिएको छ।
क्लिन्कर उत्पादन क्षमता ८ लाख ४० हजार मेट्रिक टन र सिमेन्ट ग्राइन्डिङ क्षमता ७ लाख ३० हजार मेट्रिक टन रहेको छ (पीएससी सिमेन्टको २ लाख ४० हजार मेट्रिक टन क्षमता बन्द गरिएको छ)। कम्पनीको दर्ता कार्यालय काठमाडौँको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा रहेको छ ।

कम्पनीले बजारमा आफ्ना ब्रान्डमार्फत प्रभावशाली उपस्थिति जनाउँदै आएको छ । सिमेन्ट क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा समेत कम्पनीले आफ्नो गुणस्तर, आपूर्ति क्षमता र सन्तुलित मूल्यमार्फत बजार हिस्सा बनाउँदै आएको छ । नाफामा आएको निरन्तर सुधार, उत्पादनको उच्च गुणस्तर, वित्तीय सूचकको क्रमिक सुधार र आईपीओ प्रक्रिया अघि बढाएको कम्पनीले निकट भविष्यमा अझ ठूलो वित्तीय विस्तार गर्ने संकेत देखाएको छ ।

कम्पनीले प्रतिकित्ता २१४ रुपैयाँको मूल्यमा १ करोड २१ लाख ७१ हजार कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ । जसका लागि नियामक निकाय बोर्डमा आवेदन दिइसकेको हो ।

कम्पनीले हेटौंडा, मकवानपुरस्थित कारखानाबाट करिब ३३ किलोमिटर, ५० किलोमिटर र ८७ किलोमिटर टाढा रहेका तीन वटा चूनढुंगा खानीहरू सञ्चालन गरिरहेको छ । कम्पनीको स्वामित्वमा हाल जम्मा नौ वटा चूनढुंगा खानी छन्, जसमध्ये तीन वटा अहिले सञ्चालनमा छन् भने बाँकी खानीहरू पनि आगामी वर्षहरूमा सञ्चालनमा ल्याउने योजना बनाइएको छ । यी खानीहरूमा प्रशस्त खनिज भण्डार रहेकोले भविष्यमा कम्पनीको सञ्चालन क्षमता उल्लेख्य रूपमा वृद्धि हुने अनुमान गरिएको छ ।

इन्फोमेरिक्स क्रेडिट मूल्याङ्कन नेपाल लिमिटेडले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई प्रदान गरिएको जारीकर्ताको मूल्याङ्कन त्रिपल बी माइनस (जारीकर्ता) पुनः यथावत् राखेको छ । यो मूल्याङ्कन प्राप्त गर्ने कम्पनीहरूलाई समयमा आफ्नो वित्तीय दायित्वहरू पूरा गर्न सक्ने मध्यम स्तरको सुरक्षा भएको मानिन्छ ।

त्यस्तै गरी, कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूका लागि कुल ८ अर्ब २७ करोड ५९ लाख २ हजार रुपैयाँ बराबरको मूल्याङ्कन त्रिपल बी माइनस मा यथावत् राखिएको छ, जुन अघिल्लो ८ अर्ब २७ करोड ८६ लाख ९ हजार रुपैयाँबाट थोरै घटाइएको हो । यस्तै, अल्पकालीन बैंक सुविधाहरूको रकम २ अर्ब ३२ करोड १० लाख १० हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६६ करोड १५ लाख ९० हजार रुपैयाँ पु-याइएको छ, जसको मूल्याङ्कन ए थ्री मा यथावत् राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*