प्रतिकित्ता २३२ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

१४ श्रावण २०८२, बुधबार ०८:०४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँमै बेच्न लागेको हो। यसमा आवेदन दिंदा कम्तीमा ५ हजार कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

यसमा आज साउन १४ गतेदेखि साउन २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र फाराम शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली काठमाडौंमा पाइनेछ।

साथै एनआईसी एशिया बैंकको थापाथलीस्थित रजिष्टर्ड कार्यालय, विराटनगर, मोरङ, आदर्शनगर–वीरगंज, महेन्द्रपुल–पोखरा, श्रवणपथ–बुटवल, हस्पिटल लाइन–धनगढी र विरेन्द्रनगर–सुर्खेतमा पाइनेछ।

संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीद प्रस्ताव गरिसकिएकाले अब यसमा इच्छुक सबै लगानीकर्ताले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

धितोपत्र दोस्रो बजारमा सूर्यज्योति लाइफको संस्थापक शेयरको प्रतिकित्ता शेयरमूल्य २४५ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*