प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा शुल्क आर्जन साढे १८ करोड, कस्ता छन् अन्य सूचांक ?

१५ श्रावण २०८२, बिहीबार ११:१५

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१–८२ को चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

बिहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आवमा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७९.५७ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि बृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५७१ प्रतिशतले बृद्धि भएर १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ७८ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २३ लाख १९ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३१ हजार रुपैयाँ, सञ्चित नाफा ५ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*