विदेशी पुनर्बीमक दलाललाई कारवाही गर्ने बुँदा नभेटिएपछि समय थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणको एक बर्षभित्र नेपालमा विदेशी पुनर्बीमक दलाल (ब्रोकर) अनिवार्य गरेपनि अटेर गर्ने कम्पनीलाई स्पष्टीकरण सोध्नुको सट्टामा ६ महिना समय थप गरिदिएको छ। प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीलाई शाखा खोल्नका लागि थप ६ महिना समय दिएको छ।
गत बर्षको असार मसान्तसम्म नेपालमा पुनर्बीमक दलाल (ब्रोकर) कम्पनीको शाखा कार्यालय स्थापना अनिवार्य खोल्न निर्देशन दिएपनि नियामकीय निर्देशन अटेर कम्पनीहलाई कारवाहीको सट्टामा समय थप गरिएको छ ।
सो कारण प्राधिकरणको निर्देशिका अनुसार पुनर्बीमा ब्रोकर कम्पनीहरुले आगामी पुस भित्र नेपालमा कार्यालय स्थापना गर्नुपर्ने भएको छ । बीमा प्राधिकरणका एक अधिकारीका अनुसार विदेशी ब्रोकर कम्पनीले नियामकीय निर्देशन उल्लंघन गरेपनि के कारवाही गर्ने सकिन्छ भन्ने बिषयमा ऐनमा नै उल्लेख नभएको कारण पनि समय थप दिएको बुझिएको छ ।
प्राधिकरणको निर्देशिका बमोजिम ती कम्पनीले असार मसान्तसम्म नेपालमा शाखा कार्यालय खोल्नुपर्ने थियो । तर, त्यस अवधीमा पनि शाखा कार्यालय नखोलेपछि निर्देशिका नै संशोधन गरेर पुससम्मको समय दिएको प्राधिकरणको स्रोतले जनाएको छ ।
पुनर्बीमा दलाललाई पुस मसान्तसम्म नेपालमा शाखा तथा सम्पर्क वा संयुक्त लगानीमा कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो ।
‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बीमा दलालले वि. स. २०८२ साल पौष मसान्त भित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्ने छ,’ संशोधित निर्देशिकामा भनिएको छ ।
बीमा कम्पनीले दलाल वा सोझै पुनर्बीमा कम्पनीमा आफ्नो व्यवसायको पुनर्बीमा गर्न सक्छन् । त्यसरी नेपालको बीमा कम्पनीसँग पुनर्बीमा कारोबार गर्ने दलाल र पुनर्बीमा कम्पनी नेपाल बीमा प्राधिकरणमा सूचीकरण हुनुपर्छ ।
त्यसमा दलाल कम्पनीले भने नेपालमा शाखा नै खोल्नुपर्छ । यसअघि २०८० मै जारी गरिएको निर्देशनमा पनि नेपालमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । तर, प्राधिकरणमा सूचीकरण भएका केही पुनर्बीमा दलाल कम्पनीहरुले नेपालमा अझै कार्यालय स्थापना गरेका छैनन् । पटक पटक ताकेता गर्दा पनि उनीहरुले नेपालमा शाखा कार्यालय नखोलेपछि गत चैत १० गते दलालहरुलाई पत्रचार गर्दै तीन महिनाभित्र शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो ।
नेपालमा कार्यालय नखोलेका विदेशी रि–इन्स्योरेन्स ब्रोकर
एक्सपेरिट्स इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
पायोनियर इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
महिन्द्रा इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (भारत)
अलर्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
इन्टरलिंक इन्स्योरेन्स तथा पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
केएम दस्तुर पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
विलिस इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड (चीन)
केएम दस्तुर एन्ड कम्पनी प्रालि (मलेसिया)
मनोज पुनर्बिमा ब्रोकर्स लिमिटेड (संयुक्त अरब इमिरेट्स)
लकटन कम्पनिज इन्स्योरेन्स ब्रोकर्स लिमिटेड (चीन)
प्रोटेक्सन इन्स्योरेन्स सर्भिसेस डब्ल्युएलएल (बहराइन)
रिस्क केयर इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि (भारत)
सलासर सर्भिसेस इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
प्रुडेन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
युनिलाइट पुनर्बिमा ब्रोकर्स प्रालि (भारत)
विलिस टावर्स वाटसन इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
बिकन इन्स्योरेन्स ब्रोकर्स प्रालि(भारत)
इन्फिना पुनर्बिमा ब्रोकिङ प्रालि (भारत)
फल्क्रम ग्लोबल पुनर्बिमा ब्रोकर्स प्रालि (माउरिसस)
एसिई इन्स्योरेन्स ब्रोकर्स प्रालि (भारत)
जेबी बोडा एन्ड कम्पनी ९एस० प्रालि ९सिंगापुर०
जेबी बोडा एन्ड कम्पनी ९युके० लिमिटेड ९लन्डन०
हेरिटेज इन्स्योरेन्स ब्रोकर्स प्रालि ९भारत०
सिम्बो ब्रोकर्स प्रालि ९सिंगापुर०
भारत पुनर्बिमा ब्रोकर्स प्रालि ९भारत०
झोङहुई इन्टरनेसनल इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड ९चीन०
युनिसन अनप्यारालल इन्स्योरेन्स सोलुसन्स ९भारत०
एलायन्स ब्रोकर्स प्रालि ९भारत०
जियाङ टाई इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड ९चीन०
जेके इन्स्योरेन्स ब्रोकर्स लिमिटेड ९भारत०
इन्डिया इन्स्योर रिस्क म्यानेजमेन्ट एन्ड इन्स्योरेन्स ब्रोकिङ सर्भिसेस प्रालि ९भारत०
चेडिड युरोप इन्स्योरेन्स एन्ड पुनर्बिमा ब्रोकरेज लिमिटेड ९साइप्रस०
हाउडेन इन्स्योरेन्स ब्रोकर्स इन्डिया प्रालि ९भारत०
ल्होजोङ इन्स्योरेन्स ब्रोकर्स प्रालि ९भुटान०
कन्टिनेन्टल इन्स्योरेन्स ब्रोकर्स लिमिटेड ९चीन०
एस्पायर इन्स्योरेन्स ब्रोकर्स प्रालि ९भारत०
विलिस लिमिटेड ९लन्डन०
जेनिसिस रिस्क म्यानेजर्स ९माउरिसस०
सिनो इन्स्योरेन्स ब्रोकर्स लिमिटेड ९हङकङ०
के इन्टरनेसनल एएमइए लिमिटेड ९संयुक्त अरब इमिरेट्स०
विलिस टावर्स वाटसन ब्रोकर्स प्रालि ९सिंगापुर०
चार्टर गिलम्यान इन्स्योरेन्स ब्रोकर्स लिमिटेड ९हङकङ०
टङचाङ इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड ९चीन०
टाइजरस् इन्स्योरेन्स ब्रोकर्स लिमिटेड ९लन्डन०
एयर युनियन इन्स्योरेन्स ब्रोकर्स कम्पनी लिमिटेड ९चीन०
एमएनके री लिमिटेड ९डिआइएफसी० ९संयुक्त अरब इमिरेट्स०
प्रोटेक्सन री ९बहराइन०
अकुर्रा इन्टरनेसनल लिमिटेड ९मलेसिया०
रिस्क एक्सचेन्ज ९डिआइएफसी० लिमिटेड ९संयुक्त अरब इमिरेट्स० ।













