नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि भदौमा सकिंदै
२२ श्रावण २०८२, बिहीबार ०७:२१

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ २२ गते सकिंदैछ।
कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषको शेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम उक्त शेयर लकइनमा थियो।
लकइन अवधि सकिएपछि यी शेयर कारोबारमा आउनेछन्।













