जन्मदिनमा श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
२२ श्रावण २०८२, बिहीबार १३:१७

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो।
यसैक्रममा काठमाडौंमा बसोबास गर्दै आएका अमृत नेपालले आफ्नी श्रीमतीलाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनले बुधबार प्रभु महालक्ष्मी लाइफको न्यूरोड शाखा कार्यालयबाट आफ्नी श्रीमती चन्द्र कला थापालाई २५ लाख रुपैयाँ बीमांकको बीमा पोलिसी उपहार दिएका छन् ।
श्रीमतीको जीवनमा आइपर्ने हजारौं बाधा अड्चन तथा आर्थिक समस्याको निकारण र उनको स्वास्थ्यको उपचारको लागि बीमा पोलिसी निकै उत्तम उपहार भएकाले दिएको उनका श्रीमान अमृत नेपालले बताए ।













