नविकरण बीमा शुल्क आर्जनमा आक्रामक रिलायबल-सिटिजन र सन नेपाल, अन्यको कस्तो छ अवस्था ?

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ मा चौथो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३७ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।
कम्पनीहरुले आर्जन गरेको नविकरण बीमा शुल्क अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को सोहि अवधिको तुलनामा १२.९१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । चौथो त्रैमाससम्मको अवधिमा नेपाल लाइफको नविकरण बीमा शुल्क १३.६१ प्रतिशतले बढेर ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ३२ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ८.९३ प्रतिशतले बढेर १६ अर्ब ८८ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको १५.७८ प्रतिशतले बढेर १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
यता, हिमालयन लाइफको ५.७८ प्रतिशतले बढेर १४ अर्ब ८४ करोड रुपैयाँ नविकरण बीमा रहेको छ ।
गत आर्थिक वर्षमा नविकरण बीमा शुल्क आर्जन गर्नेमा क्रमश राष्ट्रिय जीवन बीमाको ९.९० प्रतिशतले बढेर ८ अर्ब ७४ करोड, सूर्यज्योति लाइफको १४.८५ प्रतिशतले बढेर ८ अर्ब ११ लाख, एशियन लाइफको १५.१० प्रतिशतले बढेर ७ अर्ब ५ करोड, सिटिजन लाइफको २१.१८ प्रतिशतले बढेर ५ अर्ब १५ करोड र सानिमा रिलायन्सको १३.२८ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा आइएमई लाइफको मेट लाइफको ९.८८ प्रतिशतले बढेर ४ अर्ब ८० करोड, आइएमई लाइफको १८.५५ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड, प्रभु महालक्ष्मीको १० प्रतिशतले बढेर ३ अर्ब ६२ करोड, रिलायबल नेपाल लाइफको २९ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड र सन नेपाल लाइफको २० प्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ ।













