वर्षदिनमा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७%ले बढ्यो, एशियन र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि

२५ श्रावण २०८२, आईतवार ११:२६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय २७.२२ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिमा ३४ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ भने एशियन लाइफ र प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसाय उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीको नयाँ व्यवसाय ३३.९० प्रतिशतले बढेर आठ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय १९.५५ प्रतिशतले बढेर ६ अर्ब चार करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको एशियन लाइफको नयाँ व्यवसाय ६५.७५ प्रतिशतले बढेर तीन अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

स्रोतः नेपाल बीमा प्राधिकरण- सर्वाधिक नयाँ व्यवसाय आर्जनको आधारमा तयार गरिएको,

समीक्षा अवधिमा सूर्यज्योति लाइफको नयाँ व्यवसाय २५.७४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवमा तीन अर्ब १८ करोड ६१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । साथै, एलआइसी नेपालको नयाँ व्यवसाय १६.६४ प्रतिशतले बृद्धि भएर तीन अर्ब तीन करोड ८१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय ९.४० प्रतिशतले बढेर दुई अर्ब ८१ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सिटिजन लाइफको २०.१४ प्रतिशतले बृद्धि भई दुई अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय ४०.८८ प्रतिशतले बृद्धि भएर दुई अर्ब २० करोड ३७ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफको दुई अर्ब १२ करोड २३ लाख रुपैयाँ रहेको छ ।

आइएमई लाइफले वर्षदिनमा एक अर्ब ९३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब ७५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले एक अर्ब ७४ करोड रुपैयाँ, मेट लाइफले एक अर्ब ४५ करोठ रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले एक अर्ब ११ करोड रुपैयाँको नयाँ व्यवसाय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*