जन्मदिनको अवसरमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

२७ श्रावण २०८२, मंगलवार १७:१८

काठमाडौं । नेपाली बीमा क्षेत्र सकारात्मक बाटोमा अघि बढ्दै गएको छ । पछिल्लो समय आम नागरिकहरुले विवाह, जन्मदिन, वैवाहिक वषघाट तथा विभिन्न अवसरहरुमा भौतिक बस्तुको सट्टामा बीमा पोलिसी उपहार दिने गरेका हुन् ।

यसैक्रममा अष्ट्रेलियामा रहेकी आफ्नी छोरी सुप्रिया दंगाललाई आमा रुकमणी खरेलले जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्सको गठ्ठाघर शाखा कार्यलयबाट १५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी हुन् ।

छोरीको जीवनमा आइपर्ने हजारौं बाधा अड्चन तथा आर्थिक समस्याको निकारण र उनको स्वास्थ्यको उपचारको लागि बीमा पोलिसी निकै उत्तम उपहार भएकाले दिएको रुकमणी खरेलले बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*