नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १६ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?

२९ श्रावण २०८२, बिहीबार ०६:२६

काठमाडौं । नेपाल माइक्रा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को असार मसान्तसम्म १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवको असार मसान्तसम्म २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत वर्ष ४३.९१ प्रतिशत गिरावट आएको हो।

यद्यपि कम्पनीको खुद बीमाशुल्क आर्जन भने अघिल्लो वर्ष १ करोड ५८ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर ७ करोड ६० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कुल आम्दानी ७ करोड १६ लाख रुपैयाँबाट बढेर १४ करोड ५५ लाख रुपैयाँमा पुग्दा कुल खर्च पनि ६ करोड ७४ लाख रुपैयाँबाट बढेर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको बीमा कोषको आकार पनि अघिल्लो वर्ष ५ करोड ८६ लाख रुपैयाँ रहेकोमा गत वर्ष बढेर १७ करोड १९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी भने ०.३४ रुपैयाँले घटेर ०.२२ रुपैयाँमा झर्दा प्रतिशेयर नेटवर्थ ९९.८६ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँबाट बढेर ७५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको स्पेशल रिजर्भमा ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ लाख रुपैयाँ र जगेडा कोषमा ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*