लिवर्टी माइक्रो लाइफको नाफा ५१ प्रतिशत बढ्यो, व्यवसायमा उछाल

२९ श्रावण २०८२, बिहीबार ०९:२६

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ।

कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार मसान्तसम्म ७६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

कम्पनीको व्यवसायमा भने उछाल देखिएको छ। अघिल्लो वर्ष २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ८५३ प्रतिशतको वृद्धि सहित २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी अघिल्लो वर्ष जीवन बीमाकोषको आकार ८० लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ११०२.६७ प्रतिशतले बढेर जीवन बीमाकोषको आकार १९ करोड २६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कुल आम्दानी ७ करोड ६३ लाख रुपैयाँबाट बढेर ३२ करोड ८० लाख रुपैयाँ पुग्दा कुल खर्च ७ करोड ७ लाख रुपैयाँबाट बढेर ३१ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा १९ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ५९ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २.१९ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*