वित्तीय विवरणमा शिखरको प्रगति, मुनाफा बढाउँदै कमायो ४५ करोड

३० श्रावण २०८२, शुक्रबार ०५:५६

काठमाडौं । गत आवमा शिखर इन्स्योरेन्स कम्पनीले ४५ करोड २७ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार आव २०८१।०८२ मा कम्पनीले सो मुनाफा आर्जन गर्न सफल भएको हो ।

कम्पनीको मुनाफा गत वर्षको तुलनामा सामान्य अंकले बृद्धि गर्न सफल भएको छ । गत वर्ष कम्पनीले कूल ४४ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले कूल पाँच अर्ब ७० करोड २६ लाख ३८ हजार ५८० रुपैयाँको बीमा कारोबार गरी सो मुनाफा आर्जन गर्न सफल भएको हो । गत आवमा कम्पनीले तीन अर्ब ७ करोड ४३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कूल दुई अर्ब ९२ करोड चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी १५.४९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*