प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा चमकः नाफा ३७ करोड हुँदा जीवन बीमा कोष १३ अर्ब ८३ करोड

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशतले बढेर १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीका जीवन बीमा कोषमा १० अर्ब ११ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको खुदबीमा शुल्क आर्जन २२.२२ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको खुद बीमा शुल्क ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको कुल आम्दानी १८.६४ प्रतिशतले बढेर ६ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने खर्च १९.८७ प्रतिशतले बढेर ६ अर्ब २४ करोड ६८ लाख रुपैयाँ रहेको हो ।
अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ४८ करोड ९५ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष ८.४० प्रतिशतको वृद्धि सहित ५३ करोड ६ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी ७.२६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११५.९२ रुपैयाँ रहेको छ ।













