नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा दुई खर्ब ३३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर दुई खर्ब ३३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति भएको देखिएको छ ।
समीक्षा अवधीको अघिल्लो आवको यसै अवधीमा एक खर्ब ९५ अर्बको जीवन बीमा कोष बनाएको कम्पनीले यस आवमा दुई खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको छ । जीवन बीमा कम्पनीहरुका लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोष हुनेछ गर्दछ ।
त्यस्तै कम्पनीको जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ संचिती गरेको छ । यस अवधीमा नेपाल लाइफले एक खर्ब ८९ अर्ब रुपैयाँ लगानी गरेको वित्तीय विवरणले औल्याएको छ । कूल नौ अर्ब दुई करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजि भएको नेपाल लाइफको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा झिनो रुपैयाँले बृद्धि भएको छ ।

कम्पनीले यस अवधीमा ४७ अर्ब रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो बीमा शुल्क रकम ४० अर्ब ११ करोड रुपैयाँ संकलन गरेको थियो । कम्पनीको समग्र बीमा व्यवसाय १८.८४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीको दायरा पनि बृद्धि भएको छ । यस अवधिमा कम्पनीको कुल आम्दानी १५.४३ प्रतिशतले बढेर ६८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । जसको कारण कम्पनीको समग्र सूचांकमा प्रगति गर्न सफल सफल भएको छ ।
नेपाल लाइफको मुनाफा १७.३७ प्रतिशतले बृद्धि गरी ६० करोड ३२ लाख पुर्याउन सफल भएको छ । अघिल्लो आवमा यस्तो मुनाफा ५१ करोड ३९ लाख रुपैयाँ रहेको थियो । यससँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत ६ रुपैयाँबाट बृद्धि भई ६.६८ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधीमा नेपाल लाइफले आफ्ना अभिकर्तालाई तीन अर्ब ६६ करोड ६८ लाख रुपैयाँ कमिशन बापत वितरण गरेको छ । नेपाल लाइफमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या २२ लाख ८७ हजार वटा रहेको छ ।













