ओरिएण्टल इन्स्योरेन्सले कमायो ८ करोड मुनाफा, बीमाकोष करीब ३ अर्ब

३० श्रावण २०८२, शुक्रबार ११:३९

काठमाडौं । द ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अुनसार गत आर्थिक वर्ष (आव) मा ८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवमा ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले तुलनात्मक रूपमा गत आवमा भने ८६.०९ प्रतिशत कम नाफा कमाएको हो।

कम्पनीको व्यवसायमा पनि गिरावट आएको देखिएको छ। अघिल्लो वर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको कम्पनीले गत वर्ष ५.५२ प्रतिशतको गिरावट सहित १ अर्ब ३१ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क कमाएको छ।

यता कम्पनीको कुल आम्दानी पनि १ अर्ब ७७ करोड रुपैयाँबाट घटेर १ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ भने कुल खर्च १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

कम्पनीले अघिल्लो वर्ष अभिकर्तालाई ६ करोड ३९ लाख रुपैयाँ कमिशन दिएकोमा गत वर्ष ६३.३३ प्रतिशत बढाएर १० करोड ४४ लाख रुपैयाँ कमिशन दिएको छ।

यता कम्पनीको बीमा कोषको आकार भने उच्च दरले वृद्धि भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्ष कम्पनीको बीमा कोषको आकार १ अर्ब ९० करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ५७.२४ प्रतिशतको वृद्धि सहित झण्डै ३ अर्ब रुपैयाँ पुगेको छ।

यो विदेशी कम्पनीको शाखा भएकाले चुक्ता पूँजी, प्रतिशेयर आम्दानी हुँदैन। कम्पनीको महाविपत्ति कोषमा ६ करोड ६८ लाख रुपैयाँ, जगेडा कोषमा ७ करोड २५ लाख रुपैयाँ र स्पेश रिजर्भमा १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*