नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

३० श्रावण २०८२, शुक्रबार १८:२१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् ।

कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। उनले दिएको राजीनामा कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

पौडेल नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*