हिमालयन रि इन्स्योरेन्सको खुद बीमाशुल्क १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

३१ श्रावण २०८२, शनिबार १२:३९

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।८४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १७।४५ प्रतिशत कुल आम्दानी १७।०६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ३०।७६ प्रतिशत बढेको छ भने कुल खर्च १९।१२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ पैसा बढेर १२ रुपैयाँ ७९ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७१।९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९ पैसा रहेको छ।

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा १ अर्ब ९६ करोड रुपैयाँ, महाविपत्ती कोषमा १९ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १८ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*