राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो २ करोड ८ लाख नाफा, जीवन बीमाकोष ६२ अर्ब माथि

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले गत आवमा २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत आवमा १६ प्रतिशत नाफा घटेको हो।
अघिल्लो वर्ष कम्पनीको जीवन बीमाकोष ५४ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा गत वर्ष १३.८८ प्रतिशतको वृद्धि सहित ६२ अर्ब २८ करोड रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ।
त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन ९० करोड ४० लाख रुपैयाँबाट ५.७६ प्रतिशतले बढेर ९५ करोड ६१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

समीक्षा अवधिमा कुल आम्दानी १५ अर्ब १५ करोड रुपैयाँबाट घटेर १४ अर्ब ४ करोड रुपैयाँमा झर्दा कुल खर्च पनि १३ अर्ब ८८ करोड रुपैयाँबाट घटेर १३ अर्ब ४ करोड रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ करोड ९ लाख रुपैयाँ र जगेडा कोषमा ४६ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १३.६८ रुपैयाँ रहेकोमा गत वर्ष घटेर ११.४९ रुपैयाँमा झरेको छ।













