जीवन बीमकको व्यवसाय १५ प्रतिशत बढ्योः नेपाल–नेशनल र एलआईसी अगाडी, वृद्धिदरमा रिलायबल–सन र सूर्यज्योति

काठमाडौं । १४ वटै जीवन बीमा कम्पनीहरूले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। कम्पनीहरूले सार्वजनिक गरेको सोही वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरूको व्यवसाय करीब १५ प्रतिशतले वृद्धि भएको पाइएको हो।
यी कम्पनीहरूले अघिल्लो आव २०८०/०८१ को असार मसान्तसम्म कुल १ खर्ब ५३ अर्ब ५५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आव २०८१/०८२ को असार मसान्तसम्म १४.६९ प्रतिशतको वृद्धि सहित १ खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।
जसमध्ये नेपाल लाइफले सबैभन्दा बढी ४७ अर्ब ६६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने दोस्रोमा नेशनल लाइफले २१ अर्ब ४७ करोड रुपैयाँ र तेस्रोमा एलआईसी नेपालले १९ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी हिमालयन लाइफले १७ अर्ब २६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ५६ करोड रुपैयाँ र एशियन लाइफले ९ अर्ब २० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।
यस्तै सिटिजन लाइफले ७ अर्ब १३ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ६ अर्ब ७६ करोड रुपैयाँ, मेट लाइफले ६ अर्ब १ करोड रुपैयाँ, आईएमई लाइफले ५ अर्ब ४९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब १७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब ३ करोड रुपैयाँ र सन नेपाल लाइफले ४ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।
वृद्धिदरको आधारमा
यी नै कम्पनीहरूले अघिल्लो आवको अन्त्यसम्म गरेको खुद बीमाशुल्क आर्जनसँग गत आवको असार अन्त्यसम्म गरेको खुद बीमाशुल्क आर्जनलाई दाँजेर हेर्ने हो भने रिलायबल नेपाल लाइफ ३१.८२ प्रतिशतको वृद्धि सहित अग्रस्थानमा रहेको छ।
त्यसैगरी सन नेपाल लाइफको २५.३० प्रतिशत, सूर्यज्योति लाइफको २२.८३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २२.२२ प्रतिशत, सिटिजन लाइफको २२.०९ प्रतिशत र आईएमई लाइफको २१.२१ प्रतिशतले खुद बीमाशुल्क आर्जन वृद्धि भएको छ।

त्यस्तै नेपाल लाइफको १८.८४ प्रतिशत, एशियन लाइफको १७.२४ प्रतिशत, सानिमा रिलायन्स लाइफको १५.२९ प्रतिशत, एलआईसी नेपालको १०.१८ प्रतिशत, मेट लाइफको १०.१५ प्रतिशत, नेशनल लाइफको ७.०३, हिमालयन लाइफको ६.६० प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ५.७६ प्रतिशतले खुद बीमाशुल्क आर्जन वृद्धि भएको छ।













