आइएमई लाइफको वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी सम्पन्न

२ भाद्र २०८२, सोमबार १६:३१

काठमाडौं । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ८ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम  सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आइतबार  बुटवल एरियाको आयोजनामा  प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

सप्ताहव्यापी कार्यक्रम  अन्तर्गत  प्रभातफेरी कार्यक्रम , बुटवलको कालिकानगर, चौराहा, मिलनचोक पुगेर  पुनः राजमार्ग ,होराइजन हुँदै कालिकानगर पुगि कोणसभामा परिणत भएको थियो ।

  प्रमुख अतिथी प्रमुख बजार अधिकृत सुशील चापागाईंले  कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गर्दै आईएमई लाइफले पछिल्लो समय हरेक इन्डिकेटर्समा अग्रता लिदै गएकोमा आगामी दिनमा पनि यसलाई कायम राख्दै जानेछ भन्दै कम्पनीको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख  राजेन्द्र पन्थी, कर्मचारी तथा अभिकर्ता लगाएतको उपस्थितिमा सम्पन्न  भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*