नाडा अटो शोमा टाटाका ईभी: फ्री लाइफ टाइम चार्जिङसहित ग्राहकलाई नयाँ अनुभव (भिडियोसहित)

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’मा टाटा मोटर्सले आफ्ना चार लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शनमा राखेको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता बहुप्रतिक्षित गाडीहरू प्रदर्शनमा राखेको हो ।
नेपालमा ईभीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले यसपटकको अटो शोमा विशेष तयारीका साथ सहभागिता जनाएको छ । सिप्रदी ट्रेडिङका सेल्स हेड निर्मल खत्रीका अनुसार प्रदर्शनी अवधिभर टाटाका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई विभिन्न आकर्षक अफर उपलब्ध हुनेछन् । उनका अनुसार एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना तथा विशेष उपहारहरू प्रदर्शन अवधिभर उपलब्ध रहने छन् । यससँगै टाटाले नेपालकै पहिलोपटक ‘फ्री लाइफ टाइम चार्जिङ’ सुविधा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले गाडीको सम्पूर्ण आयुभरि चार्जिङ शुल्क तिर्नु नपर्नेछ ।
यस योजनाले विद्युतीय गाडी प्रयोगकर्ताहरूलाई थप सहजता दिने विश्वास गरिएको छ । निर्मल खत्री भन्छन्, ‘हामीले ल्याएको फ्री लाइफ टाइम चार्जिङ अफरले ग्राहकलाई विद्युतीय गाडी रोज्न थप सहज बनाउनेछ । टाटाका ईभी प्रयोग गर्दा चार्जिङ खर्चको चिन्ता गर्नु पर्दैन, जुन नेपालमा विद्युतीय सवारीसाधन विस्तार गर्न निर्णायक बन्न सक्छ ।’
उनका अनुसार टाटा ब्रान्डप्रति नेपाली ग्राहकको विश्वास र लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । खत्रीले भने, ‘टाटा मोटर्सलाई नेपालमा ग्राहकहरूले परिवारको हिस्सा झैँ माया गरेका छन् । यो माया र विश्वासकै कारण टाटा नेपालमा सबैभन्दा लोकप्रिम ब्रान्ड बन्न सफल भएको हो ।’
नाडा अटो शोमार्फत टाटाले आफ्ना नयाँ मोडेलसहित ईभी सेग्मेन्टमा अग्रणी ब्रान्डको छवि झन् मजबुत बनाउन सफल हुने विश्वास लिइएको छ । टाटाको नयाँ ह्यारीयर ईभी आज लन्च समेत गरीएको छ।
२०२५ टियागो ईभीमा समुच्च सुरक्षाको लागि दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरिएको छ । कुल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरुले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसैगरी, पन्च ईभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन्। साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले बीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ।
फेसबुक भिडियो लिङ्क
https://www.facebook.com/Nepali.Insurance.News/videos/703082542776027
साथै, टाटा नेक्सन के३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ ।
यसैगरी, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ । गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।













