क्रेस्ट माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन असोजमा खुल्ने
४ भाद्र २०८२, बुधबार ०८:४५

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको १ लाख २५ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गते खुल्ने भएको छ।
यस कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेकोमा त्यसमध्ये ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता आईपीओ सामूहिक लगानी कोषलाई बाँडेको थियो।
सामूहिक लगानी कोषलाई बाँडेको शेयरको लकइन अवधि ६ महीनापछि नै सकिने भएकाले आउँदो असोज ५ गतेबाट उक्त शेयरको लकइन अवधि समाप्त हुने भएको हो।
संस्थापक र कर्मचारी र आयोजना प्रभाविततर्फको शेयर भने ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।













